न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

कार्यदलले ५ दिनको कार्यावधि पाएको छ । मस्यौदा तयार भइसकेपछि कार्यदलले गठबन्धनका शीर्षस्थ नेताहरूसमक्ष पेश गर्नेछ ।

नेपालभ्युज

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दैछ ।

बैठक बिहीबार (आज) दिउँसो १ बजे अर्थ मन्त्रालयमा बस्दैछ । आजको बैठकबाटै कार्यक्रमको मस्यौदालाई अन्तिमरूप दिने प्रयास गर्ने कार्यदलका सदस्यहरूले बताएका छन् । कार्यदलका सदस्य धवलशमशेर जबराले भने, ‘कार्यक्रमको मस्यौदालाई सकेसम्म आजै अन्तिमरूप दिने भनेका छौँ । त्यसपछि गठबन्धन पुगेर छलफल हुन्छ ।’

बैठकले विदेश नीति, छिमेकी तथा विकास साझेदार देशहरूसँगको सम्बन्ध सुधार र आन्तरिका सुशासनको विषयलाई विशेष ध्यान दिँदै मस्यौदा तयार पार्ने बताइएको छ । सदस्य जबराले भनेका छन्, ‘गठबन्धनमा रहेका दलहरूबीच कुन-कुन कुरामा सहकार्य गर्ने ५ वर्षको अवधिमा मूलत: कुन-कुन काम गर्ने भन्नेबारे पनि उल्लेख हुन्छ ।’

कार्यदलले ५ दिनको कार्यावधि पाएको छ । मस्यौदा तयार भइसकेपछि कार्यदलले गठबन्धनका शीर्षस्थ नेताहरूसमक्ष पेश गर्नेछ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको कार्यदललमा सदस्यका रूपमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर जबरा र जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य रकम चेमजोङ छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved