‘सहायक श्रीमान्’ लन्डन माउन्टेन फिल्म फेस्टिभलमा छनोट

नेपालभ्युज

‘सहायक श्रीमान्’ लन्डन माउन्टेन फिल्म फेस्टिभलमा छनोट

काठमाडौं। बहुपति प्रथाको विषयमा निर्माण भएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) बेलायतको लन्डन माउन्टेन फिल्म फेस्टिभलका लागि छनोट भएको छ । निर्देशक गणेश पाण्डे फिल्म फेस्टिभलमा छनोट भएको जानकारी दिए ।

फेस्टिभल सन् २०२३ भित्र आयोजना हुनेछ । यसअघि, अमेरिकालगायत धेरै देशका विभिन्न फेस्टिभलमा फिल्मले अवार्ड जितेको थियो । ३५ मिनेटको यो फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो ।

घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका हुम्लालगायत कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पर्दामा उतारेका हुन् ।

साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved