उपप्रधानमन्त्री श्रेष्ठले यातायात कार्यालयको गरे अनुगमन, गुनासो आए कारबाही गर्ने चेतावनी

सवारी चालक अनुमति लिनका लागि नागरिकले भोग्नुपरेको समस्याको समाधानका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पहल थालेका छन्।

नेपालभ्युज

उपप्रधानमन्त्री श्रेष्ठले यातायात कार्यालयको गरे अनुगमन, गुनासो आए कारबाही गर्ने चेतावनी
फाइल तस्वीर

काठमाडौं। सवारी चालक अनुमति लिनका लागि नागरिकले भोग्नुपरेको समस्याको समाधानका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पहल थालेका छन्।

उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन्।

उनले सेवाग्राहीसँग पनि अन्तरक्रिया गरे। उनका स्वकीय सचिव विजय गौतमले भने, ‘‘उपप्रधानमन्त्री श्रेष्ठले कार्यालयका प्रमुख तथा कर्मचारीलाई नियमानुसार काम गर्न निर्देशन दिँदै कुनै पनि गुनासो आए सरकारले कारबाही गर्ने बताउनुभयो।’’

उनले सेवा प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारीलाई निर्देशन पनि दिए। यस्तै, उपप्रधानमन्त्री श्रेष्ठले सवारी चालक अनुमति कार्यालय ठूलो भर्‍याङ र यातायात व्यवस्था कार्यालय गुर्जुधाराको पनि अनुगमन गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved