नेताहरूलाई माधवको चेतावनी- पार्टीमा छलफल हुनुपर्ने विषय बाहिर बोल्ने अनि आफ्नै स्वर ठूलो हुने परिपाटी बन्द होस्

नेपालभ्युज

नेताहरूलाई माधवको चेतावनी- पार्टीमा छलफल हुनुपर्ने विषय बाहिर बोल्ने अनि आफ्नै स्वर ठूलो हुने परिपाटी बन्द होस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभन्दा बाहिर गएर राजनीतिक गतिविधि नगर्न/नबोल्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘जे-जे लागेको छ, कमिटीमा ल्याउनुस् छलफल गरौँला । त्यसलाई फेसबूकमा लेख्ने, मिडियमा गएर बोल्ने काम नगर्नुस् । यो काम बन्द गरौँ ।’

उनले पार्टीमा छलफल गर्नुपर्ने विषय बाहिर प्रचारित नगर्न निर्देशन दिए । ‘यस्तो भयो भने न पार्टी अनुशासित बन्छ, न क्रान्तिकारी बन्छ,’ उनले भने, ‘अनि फेरि आफ्नै स्वर ठूलो हुने ? आफ्नो नेताको बदख्वाइँ गर्ने, अरुको प्रसंशा गर्ने अनि फेरि आफ्नै स्वर ठूलो हुने । यो तरिका बन्द गरौँ ।’

उनले पार्टी संस्कारबाट चल्नुपर्ने बताए । उनले भने, ‘वैचारिक मतभिन्नता ठूलो कुरा हुँदैन । तर सबै कुराहरूबारे कमिटीमा छलफल हुनुपर्‍यो । सबै असन्तुष्टिहरूबारे पार्टी कमिटीमा छलफल गर्ने परिपाटी निर्माण गर्नुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved