ब्रेन्टफोर्डसँग लिभरपुल हार्‍यो

नेपालभ्युज

ब्रेन्टफोर्डसँग लिभरपुल हार्‍यो

काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल ब्रेन्टफोर्डसँग पराजित भएको छ । गएराती भएको खेलमा ब्रेन्टफोर्डसँग लिभरपुल ३–१ गोलले पराजित भयो ।

लिभरपुलका इब्राहिम कोन्टेले खेलको १९औँ मिनेटमा आत्मघाती गोल गरेपछि अग्रता लिएको ब्रेन्टफोर्डले थप दुई गोल गर्यो ।

उसका योने विसाले खेलको ४२औँ र ब्रायन एमबेउमोले ८४औँ मिनेटमा गोल गरे । लिभरपुलका एलेक्स अक्सलेड च्याम्बरलेनले ५० मिनेटमा एक गोल फर्काए । उनले खेलको ५०औँ मिनेटमा गोल गरे ।

लिभरपुल १७ खेलमा २८ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा र ब्रेन्टफोर्ड १८ खेलमा २६ अङ्कका साथ सातौँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved