किन होला जतिखेरै भोक लाग्ने ?

नेपालभ्युज

किन होला जतिखेरै भोक लाग्ने ?

एजेन्सी । यदी तपाईंलाई धेरै भोक लाग्छ भने यो कुनै गम्भीर समस्याको संकेत पनि हुन सक्छ । लगातार भोक लाग्नुको कारण तनाव पनि हुनसक्छ ।

किनभने धेरै तनाव भएमा शरीरमा कोर्टिसोल हर्मोन बन्न थाल्छ । यसका कारण धेरै भोक लाग्ने गर्छ ।

के तनावले मात्र भोक लाग्ने गर्छ त ? त्यो पनि होइन । भोक लागिरहनुका पछाडि अन्य कारण पनि हुन सक्छन् । ती कारण पनि के कस्ता रहेछन् जानौं न त ।

हाइपोथाइरायडिज्म

लगातार भोक लाग्नुको कारण हाइपोथाइरायडिज्म पनि हुन सक्छ । यसमा थाइराइडका कारण शरीरमा हर्मोनको स्तर बढ्न जान्छ र आवश्यकताभन्दा धेरै भोक लाग्छ ।

हाइपोग्लेकेमिया

यसको अर्थ हो शरीरमा सुगरको लेभल । शरीरमा ब्लड सुगरको लेभल कम भएमा भोक अत्यधिक लाग्ने गर्छ । यसकारण शरीरले कम उर्जा पाए जस्तो महसुस भइरहन्छ ।

औषधी

यदी तपाईंले एन्टीवायोटिक वा एलर्जीको औषधी खाइरहनु भएको छ भने पनि यसको परिणाम स्वरुप तपाईंलाई धेरै भोक लागिरहन सक्छ ।

डीहाइड्रेसन

डीहाइड्रेसनका कारण पनि भोक अत्यधिक लाग्न सक्छ । जब शरीरमा पानीको कमी हुन्छ तब भोक र तिर्खा धेरै लाग्न सक्छ ।

धेरै भोक लाग्नु पनि विमारीको संकेत हुन सक्छ । यस्तो अवस्थामा मोटोपन र हाइकोलेस्ट्रोलको समस्या पनि देखिनसक्छ । मोटोपनका कारण पनि धेरै भोक लाग्ने गर्छ । त्यसैले बेलैमा सचेत भएर कारण पत्ता लगाई समस्याको समाधान गर्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved