जाडोमा ‘मर्निङवाक’ जाँदा ध्यान दिनुपर्ने कुराहरु

अहिलेको चिसो मौसममा सबेरै हिँड्नु स्वास्थ्यका लागि उल्टै हानिकारक पनि हुन सक्छ ।

नेपालभ्युज

जाडोमा ‘मर्निङवाक’ जाँदा ध्यान दिनुपर्ने कुराहरु

एजेन्सी । स्वस्थ जीवनका लागि बिहानै हिँड्न जरुरी छ । तर, अहिलेको चिसो मौसममा सबेरै हिँड्नु स्वास्थ्यका लागि उल्टै हानिकारक पनि हुन सक्छ ।

बिहानको समय कुहिरो र हुस्सु धेरै हुन्छ । हुस्सुमा साना कण, कार्बन मोनोअक्साइड, कार्बनडाइअक्साइड, सल्फरडाइअक्साइड र नाइट्रोजनक अक्साइडजस्ता हानिकारक ग्यास हुन्छन् । जसले हावालाई प्रदूषित बनाइरहेका हुन्छन् । र, बिहानै हिँड्न निकँस्दा हाम्रो स्वास्थ्य बिग्रन सक्छ ।

जाडोको मौसममा तपाईं घाम लाग्नुभन्दा पहिले मर्निङवाकमा जानुभयो भने बिरामी पर्न सक्नुहुन्छ । चिसो हावा र हावामा रहेका प्रदूषित कणले तपाईंलाई समस्या पार्छन् । यसको असर सबैमा पर्ने भए पनि मुटु, श्वासप्रश्वास, दमका रोगी, बालबालिका र वृद्धवृद्धा र अन्य स्वास्थ्य समस्या भएकामा विशेष देखिन्छ ।

हेरौं जाडोमा कतिबेला मर्निङवाक जाने र कस्ता कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।

  • जाडोमा घाम लागेपछि मात्र घरबाट बाहिर निस्कनुस् । कुहिरो लागेको छ भने वाकमा ननिस्कनुस् । बिहानै निस्कँदा रक्तचाप बढ्ने, मस्तिष्कघात, जोर्नी दुखाइ, दम बढ्नेलगायत समस्या देखिन सक्छन् । कतिपय पुराना रोग पनि बल्झन सक्छन् ।
  • शरीरलाई पूरै ढाक्ने कपडा लगाउनुस् । कान ढाक्ने खालको टोपी लगाउनुहोस् । खुट्टामा जुत्ता र बाक्लो मोजा लगाउनुस् ।
  • साना बच्चालाई आफूसँग मर्निङवाकमा नलैजानुस् । बच्चाहरू खेल्ने, कुद्ने गरिरहने हुनाले उनीहरूलाई मर्निङवाक आवश्यक नरहेको विभिन्न अध्ययनले देखाएको छ ।
  • हृदयरोग, दमका रोगी, उच्च रक्तचाप र अन्य रोग भएकाहरूले वाक सुरु गर्नुभन्दा पहिले डाक्टरसँग परामर्श अवश्य गर्नुहोस् ।
  • यदि पहिलोपटक वाकमा जाँदै हुनुहुन्छ भने २० देखि ३० मिनेटको समय नै पर्याप्त हुन्छ । एकैचोटि भन्दा पनि बिस्तारै बानी पर्दै गएपछि समय बढाउँदै लग्न सकिन्छ ।
  • शरीरको तापक्रमलाई सामान्य राख्न धेरै पानी पिउनुपर्छ, त्यसैकारण वाकमा निस्कनुभन्दा पहिले र वाकबाट फर्केपछि कम्तीमा एक–एक गिलास पानी पिउनुहोस् । पानी मनतातो पिउनुपर्छ ।
  • प्रदूषित स्थानमा हिँड्नु हुँदैन । भिडभाड कम भएको, गाडीको चहलपहल नहुने, धुलोधुवाँ नउड्ने शान्त र हरियालीयुक्त बाटो चयन गरेर हिँड्नुपर्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved