जाडोमा तिर्खा लागेन भनेर पानी नपिउँदा हुन सक्छ गम्भीर समस्या

नेपालभ्युज

जाडोमा तिर्खा लागेन भनेर पानी नपिउँदा हुन सक्छ गम्भीर समस्या

एजेन्सी । के तपाईं चिसो छ भनेर पानी नै कम पिउने त गर्नुहुन्न ? जाडो मौसममा कम पानी पिउँदा तपाईंलाई गम्भीर समस्या पनि हुन सक्छ । तिर्खा लागेको छैन भनेर जाडोमा पानी नपिउने बानी धेरैको हुन्छ । जसले गर्दा मृगौला सम्बन्धी समस्या देखिन सक्छ ।

पानी कम पिउँदा तपाईंको शरीरमा विषाक्त पदार्थ धेरै हुन जान्छ जसले गर्दा डिहाइड्रेशन हुन्छ र यसले मानसिक स्वास्थ्य पनि बिगार्न सक्छ । जाडोमा कम पानी पिउँदा कस्ता कस्ता समस्या आउनसक्छ जानौं

मृगौला खराब हुने खतरा
पानी कम पिउँदा मृगौला खराब हुन सक्छ । खासगरी पानी कम पिउँदा मृगौलाले शरीरमा भएको विषाक्त पदार्थलाई राम्रोसँग छान्न सक्दैन सोही कारण मृगौलामा पत्थरी पर्ने तथा पिसाबसम्बन्धी समस्या देखा पर्न सक्छ ।

मानसिक स्वास्थ्यमा असर
जाडोमा शरीरमा डिहाइड्रेशनका कारण तपाईंको दिमागमा पनि असर पर्न सक्छ । जसले गर्दा तपाईंको मुड खराब भइराख्ने लगायतको समस्या हुन्छ । लामो समय डिहाइड्रेशन भइराख्यो भने स्मरण शक्ति पनि कमजोर हुँदै जान्छ ।

कब्जीयतको समस्या
जाडोमा पानी कम पिउँदा हुने अर्को समस्या हो कब्जीयत । तपाईं मध्ये धेरैले यो समस्या त झेलिरहनु भएको छ होला । कब्जीयत हुँदा अपच हुन्छ र पेटमा ग्यास बढ्यो भने त्यसले अन्य पेट दुखाईका समस्या पनि निम्त्याउन सक्छ । त्यसैले प्रर्याप्त मात्रामा पानी पिउनुहोस् ।

शारीरिक दुखाई
जाडोमा शरीरमा पानीको मात्रा कम हुँदा शरीरका विभिन्न भागमा दुखाईं, मांशपेशीहरुको दुखाई हुन सक्छ । डिहाइड्रेशनका कारण शरीरबाट इलेक्ट्रोलाइट र सोडियम दुबै निस्कन्छन् जसले गर्दा गम्भीर खाले दुखाई हुन सक्छ ।

जाडोमा शरीरलाई हाइड्रेट कसरी राख्ने ?
जाडोमा डिहाइड्रेशनको समस्याबाट बच्नका लागि नियमित रुपमा कम्तीमा २ देखि ३ लिटर पानी अनिवार्य पिउनु पर्छ । यसबाहेक झोलिलो पदार्थ जस्तै जुस, दुध, मही, तरकारीहरुको सुप आदिको सेवन पनि गर्न सकिन्छ । खानामा फलफूल तथा तरकारीहरुको मात्रा बढाउन सकिन्छ जसमा पानीको मात्रा धेरै हुन्छ । यसो गरेमा तपाईं गम्भीर समस्याहरुबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

–ओन्लीमाईहेल्थबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved