न्यूनतम साझा कार्यक्रममा के-के विषय समावेश हुन्छन् ?

न्यूनतम साझा कार्यक्रमका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन भएको छ ।

नेपालभ्युज

न्यूनतम साझा कार्यक्रममा के-के विषय समावेश हुन्छन् ?

काठमाडौं । सत्तारूढ सातदलीय गठबन्धनले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउँदैछ । कार्यक्रमका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदललाई ५ दिनभित्र न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेर गठबन्धनसमक्ष पेश कार्यादेश छ ।

कार्यदलमा सदस्यका रूपमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा छन् ।

बाहिरै बसेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) लाई पनि सरकारमै सहभागी गराउने कसरत भइरहेको छ । यदि सरकारमै सहभागी हुने भयो भने कार्यदलमा एकजना सदस्य थप हुने कार्यदलका सदस्यहरूले बताएका छन् ।

कार्यदलका सदस्य वर्षमान पुनले भने, ‘जसपालाई पनि सरकारमै समेटेर लाने भन्ने कुरा भएको हो । यदि सरकारमै सहभागी हुने भयो भने एकजना सदस्य थप हुनेछ ।’

न्यूनतम साझा कार्यक्रम गठबन्धन सरकार किन र केका लागि र सरकारको उद्देश्य र गन्तव्य कहाँ हो भन्नेबारेको दस्तावेज भएको बताउँछन् सदस्य वर्षमान पुन  बताउँछन् । ‘सरकारको नीति के हुने र कहाँसम्म पुग्ने भन्नेबारेको दस्तावेज हो न्यूनतम साझा कार्यक्रम,’ उनले भनेका छन् ।

अर्का सदस्य धवलशमशेर राणा पनि वर्षमान पुनसँगै सहमत छन् । ‘न्यूनतमरूपमा सरकारले के के गर्छ भन्ने कुराहरू हुन्,’ उनले भने, ‘बैठक बसेरै विस्तृतरूपमा छलफल हुन्छ ।’

बिहीबार (आज) बिहान सत्तारूप गठबन्धनको बैठक बसेको थियो । बैठकले न्यूनतम साझा कार्यक्रम बनाउने निर्णय गर्दै ओलीको संयोजकत्वमा कार्यदल बनेको हो । बैठकपछि उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भनेका छन्, ‘सरकारको उद्देश्य के हुने र सरकारले मूलत: के के गर्ने भन्नेबारेको विषय न्यूनतम साझा कार्यक्रममा समाविष्ट हुनेछन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved