नयाँ वर्षदेखि सुरु गर्नुस् यी तीन योगासन, फिट हुनुहुनेछ

नेपालभ्युज

नयाँ वर्षदेखि सुरु गर्नुस् यी तीन योगासन, फिट हुनुहुनेछ

एजेन्सी । अब सन २०२२ बिदा हुँदैछ । नयाँ वर्ष २०२३ को स्वागत गर्ने तयारी भइसकेको छ । नयाँ वर्षसँगै मानिसले विभिन्न खाले प्रतिवद्धता गर्ने गर्दछन् ।

अरु प्रतिवद्धतासँगै स्वास्थ्यलाई लिएर पनि तपाईंले नयाँ योजना सुरु गर्न सक्नुहुन्छ । अहिले योग गर्ने संस्कृतिको विकास भइरहेको छ । यस्तोमा तपाईंले नयाँ वर्षदेखि योग गरेर आफूलाई स्वस्थ राख्न सक्नुहुन्छ ।

आज हामी तपाईंलाई केही योग बताउनेछौं जसलाई नियमित रुपमा गर्दा एकदमै फाइदा हुनेछ ।

सेतुबन्धासन

सेतुबन्धासन जसलाई ब्रिज पोज पनि भनिन्छ । ब्रिज पोज आसन गर्दा मांशपेशीहरु बलियो हुन्छ । यसले शरीरलाई लचिलो पनि बनाउँछ ।

नियमित रुपमा सेतुबन्धासनको अभ्यास गर्नाले रक्तचाप, थाइराइड जस्ता समस्याबाट पनि बच्न सकिन्छ ।

गौमुखासन

नियमित रुपमा गौमुखासन गर्दा काँध भएको समस्या, घाँटीको दुखाई र जाडोमा हुने खालको नसाको दुखाईबाट राहत पाउन सकिन्छ ।

बज्रासन

नियमित रुपमा बज्रासनको अभ्यास गर्नाले दिमाग शान्त हुन्छ, साथै पाचन सम्बन्धी समस्याहरुको समाधान हुन्छ । यसले रक्तचाप सन्तुलनमा ल्याउँछ । बज्रासन गर्दा तौल पनि कम हुँदै जान्छ ।

यस्तै खालका विभिन्न योगासनहरु गरेर तपाईं स्वस्थ रहन सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved