गण्डकी ११ र कासेरेन्योबीचको मैत्रीपूर्ण खेल सुरु

नेपालभ्युज

गण्डकी ११ र कासेरेन्योबीचको मैत्रीपूर्ण खेल सुरु

काठमाडौं। स्पेनिस क्लब कासेरेन्यो र गण्डकी–११ बीचको मैत्रीपूर्ण फुटबल खेल सुरु भएको छ। पोखरा रंगशालामा बुधबार गण्डकी र कासेरेन्यो प्रतिस्पर्धा गरिरहेका छन्।

दुई खेलको लागि नेपाल आएको स्पेनिस टोली र काठमाडौं ११ बीच भने बिहीबार प्रतिस्पर्धा हुनेछ।

गण्डकी–११ को कमानी अनिल गुरुङले गर्दैछन्। अनिल नेपालका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हुन्। राजेन्द्र तामाङ गण्डकी–११ को प्रशिक्षक रहेका छन्।

पुस १४ गते हुने अर्को खेलमा काठमाडौं–११ र कासेरेन्यो आमनेसामने हुनेछन्। काठमाडौं–११ को कमानी नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनले गर्दैछन्। काठमाडौं–११ को प्रशिक्षकमा भने मेघराज केसी रहेका छन्।

कासेरेन्योसँग स्पेनका पूर्वराष्ट्रिय खेलाडी, ला लिगा फुटबल क्लब रियल म्याड्रिड, बार्सिलोना र एथलेटिको मड्रिडमा खेलेका खेलाडीहरूको सहभागिता रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved