इमरान खानमाथिको हमला सुनियोजित : छानबिन समिति

नेपालभ्युज

इमरान खानमाथिको हमला सुनियोजित : छानबिन समिति

पाकिस्तान। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहारको घटनाको छानबिन गरिरहेको संयुक्त अनुसन्धान समिति (जेआईटी) ले खानविरुद्ध ‘सुनियोजित षड्यन्त्र’ भएको बताएको छ ।

गत महिना इस्लामावादको लागि लङ मार्चमा रहेका इमरान खानमाथि आक्रमण भएको थियो । घटनामा खानको दाहिने खुट्टामा गोली लागेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार, जेआईटीको रिपोर्टलाई उद्धृत गर्दै पाकिस्तानको पञ्जाब प्रान्तका आन्तरिक मन्त्री ओमर शरिफले इमरानमाथिको हमला ‘सुनियोजित षड्यन्त्र’ भएको बताए।

उनले भने, ‘जेआईटीले आक्रमणमा एकभन्दा बढी आक्रमणकारी संलग्न रहेको पत्ता लगाएको छ। प्रहरीले मुख्य आरोपी मोहम्मद नावेदलाई पक्राउ गरेको छ। उनी जनवरी ३ सम्म हिरासतमा रहनेछन्।’

शरिफले नावेद ‘प्रशिक्षित हत्यारा रहेको र उनी आफ्नो सहयोगीसहित घटनास्थलमा रहेको’ बताएका छन् । नावेद पोलिग्राफ टेस्टमा पनि फेल भएको उनले बताए । नावेदले पुलिसलाई लङ मार्चमा अजानको समयमा संगीत बजाइएको भन्दै इमरान खानलाई मार्न चाहेको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved