राखेपको अगाडि नेपाल तेक्वान्दो संघको विरोध प्रदर्शन

नेपालभ्युज

राखेपको अगाडि नेपाल तेक्वान्दो संघको विरोध प्रदर्शन

काठमाडौं। नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद् राखेपअगाडि प्रदर्शन गरेको छ । ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघबाट सुरु भएको विरोध प्रदर्शन त्रिपुरेश्वरस्थित राखेपमा पुगेको हो।

राखेपविरुद्ध तेक्वान्दो, पारा–तेक्वान्दो खेलाडी, प्रशिक्षक तथा सरोकारवालाहरू प्रदर्शन उत्रिएका छन्। राखेपले खेल संघहरूमाथि गरेको अतिक्रमणविरुद्ध विरोध र्‍याली गरेका हुन्।

‘सम्पूर्ण खेलाडी, प्रशिक्षक, डोजाङ् प्रमुख तथा खेल पदाधिकारीहरु एक हौं’ भन्ने नारा सहित सबैजना र्‍यालीमा उत्रिएका थिए।

विरोध प्रदर्शनमा ‘सदस्य सचिव राजिनामा दे’, ‘नवौं राष्ट्रिय खेलकुदको आर्थिक भ्रष्टचारको छानबिन गर’, ‘खेलकुदमा राजनीतिक हस्तक्षेप बन्द गर’, खेलाडीहरूको भविष्य सुनिश्चित गर’ जस्ता प्याम्प्लेट बोकेर खेलाडीहरू प्रदर्शनमा उत्रिएका थिए।

राखेपले दुई तेक्वान्दो संघलाई खारेज गर्दै नयाँ संघ गठन गरेपछि विवाद चर्केको थियोे । सोमबार नेपाल तेक्वान्दो संघको मुद्दामा उच्च अदालत पाटनले खेलकुद मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको थियो।

 

यो पनि पढ्नुहोसः

राखेपविरुद्ध सडकमा ओर्लिए तेक्वान्दो खेलाडी (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved