इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा जारी, टोटनहम बराबरीमा रोकियो

नेपालभ्युज

इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा जारी, टोटनहम बराबरीमा रोकियो

काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले वेस्ट ह्यामलाई हराएको छ। आज बिहान भएको खेलमा आर्सनलले वेस्ट ह्यामलाई ३–१ गोलले हरायो । जितसँगै आर्सनलले अङ्कतालिकामा ७ अङ्कको अग्रता बनाएको छ । उसको १५ खेलमा ४० अङ्क छ । पराजित वेस्ट ह्याम १६औँ स्थानमा छ । उसको १६ खेलमा १४ अङ्क छ ।

प्रिमियर लिगमा गएराति भएका खेलमा लिभरपुलले एस्टन भिल्लालाई र ब्राइटनले साउथह्याम्पटनलाई समान ३–१ गोलले हराएको छ । त्यस्तै, उल्भ्सले एभर्टनलाई २–१ गोलले, फुलह्यामले क्रिस्टल प्यालेसलाई र न्युक्यासलले लेस्टर सिटीलाई समान ३–० गोलले हराएको छ ।

हिजो भएको पहिलो खेलमा टोटनह्याम र ब्रेन्टफोर्डले २–२ गोलको बराबरी खेलेका छन् । विश्व कप फुटबलका कारण रोकिएको प्रिमियर लिगका खेल हिजोदेखि सुरु भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved