जाडोमा सुन्तला खाँदा धेरै हुन्छन् फाइदा

नेपालभ्युज

जाडोमा सुन्तला खाँदा धेरै हुन्छन् फाइदा

काठमाडौं। जाडोमा सस्तो तथा सुलभ रुपमा पाइने एउटा फल हो सुन्तला । सुन्तलाका धेरै नै फाइदाहरु छन् ।

यसमा भिटामिन सी, आयोडिन, सोडियम, क्याल्सियम जस्ता मिनरल्स पाइन्छन् जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछन् । यदी तपाईं नियमित रुपमा सुन्तला सेवन गर्नुभयो भने यसले पाचनक्रिया बलियो बनाउनुका साथै तौल कम गर्न पनि मद्दत गर्छ । त्यसो भए जानौं न त सुन्तला खानुका फाइदा ।

कोलेस्ट्रोल कम हुन्छ

सुन्तलामा पाइने पेक्टिनले कोलेस्ट्रोल कम गर्न मद्दत गर्दछ । यो एउटा घुलित फाइबर हो, जसले शरीरमा बढेको कोलेस्ट्रोललाई सन्तुलनमा राख्छ ।

मुटुका लागि फाइदाजनक

सुन्तलामा पोटाशियम, फोलेट तथा एन्टीअक्सीडेन्ट गुण पाइन्छ जो मुटुका लागि फाइदाजनक हुन्छ । मुटुलाई स्वस्थ राख्नका लागि पनि सुन्तलाको सेवन नियमित रुपमा गर्नुहोस् ।

उच्च रक्तचाप कम गर्छ

सुन्तलामा पाइने म्याग्नेशियमले उच्च रक्तचाप कम गरी सन्तुलनमा ल्याउन मद्दत गर्दछ । जो व्यक्तिहरुलाई उच्च रक्तचाप छ उनीहरुले आफ्नो खानपानमा सुन्तलालाई समावेश गर्न सकिन्छ ।

तौल कम गर्न

सुन्तला फाइबर र भिटामिन सीले भरिपूर्ण हुन्छ । जसले तौल कम गर्न सहयोग गर्छ । फाइबरयुक्त खानेकुराले पेट लामो समय भरिएको हुन्छ जसले गर्दा धेरै खानबाट बच्न सकिन्छ ।

आँखाको लागि राम्रो

सुन्तलामा पाइने बीटा क्यारोटिन आँखाको लागि एकदमै महत्वपूर्ण मानिन्छ । यसमा भिटामिन ए, भिटामिन सी तथा एन्टीअक्सीडेन्ट गुण पाइन्छ जसले आँखालाई स्वस्थ राख्न मद्दत गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved