बालुवाटारबाट निस्केका प्रचण्ड खुमलटारमा खाना खाएर बालकोट पुगे

नेपालभ्युज

बालुवाटारबाट निस्केका प्रचण्ड खुमलटारमा खाना खाएर बालकोट पुगे
फाइल तश्वीर

काठमाडौं। सत्ता गठबन्धनको बैठक छाडेर खुमलटारतिर लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट  गएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने, ‘कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएर गठबन्धन चाहिँदैन भने जसरी घोषणा गरेपछि कुरा मिलेन ।’

बालुवाटारमा कुरा नमिलेपछि प्रचण्ड खुमलटार निवासमा खाना खाएर ओलीलाई भेट्न बालकोटतर्फ लागेका हुन् ।

सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरू प्रयासरत छन् ।

सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरूबीच अलग–अलग र संयुक्त बैठक हुँदै आएको छ ।

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेता पनि एमालेसँग संवादमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved