नेपाल भ्रमण सकेर स्वदेश फर्किए अभिनेता ओवरोय

नेपालभ्युज

नेपाल भ्रमण सकेर स्वदेश फर्किए अभिनेता ओवरोय

काठमाडौं । १० दिने नेपाल भ्रमण सकेर भारतीय अभिनेता विवेक ओवरोय स्वदेश फर्किएका छन् ।

व्यवसायी पुनम यादवको  निमन्त्रणामा परिवारसहित नेपाल भ्रमणमा  आएका ओवरोय शनिबार स्वदेश फर्किएका हुन् ।

उनी मंसिर २८ गते नेपाल आएका उनले पशुपतिनाथको दर्शन गर्नुका साथै विभिन्न पर्यटकीय स्थलको भ्रमण समेत गरेका थिए ।

ओवरोयले नेपालमा हुँदा पोखरामा हाई ग्रङग एड्भेन्चर्समा जिपलाइन, स्काइक्रिमरका साथै अन्नपूर्ण केबलकारको भ्रमण गरे  ।

फेरि पनि नेपालको भ्रमणमा आउने बताएका ओवरोयले नेपाल बसाइका क्रममा यहाँको खाना  आफूलाई  मिठो लागेको  बताएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved