काठमाडौँ । सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज बिहिबार रिहाइ नहुने भएका छन् । काठमाडौंमा अमेरिकी महिलाको हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका शोभराजलाई १५ दिनभित्र आफ्नै स्वदेश पठाउन सर्वोच्च अदालतले आदेश दिएसँगै उनलाई केन्द्रीय कारागारबाट बिहीबार अध्यागमन विभाग लैजाने तयारी गरिएको थियो ।
तर अध्यागमन विभागले जिम्मा जमानीमा छाड्ने भएपछि शोभराजले रिहा हुन नमानेको उनका कानुनी सहयोगी गोपाल शिवाकोटीले जानकारी दिए ।
उनका अनुसार उनलाई बिहीबार राति केन्द्रीय कारागारमै राखेर शुक्रबार मात्र अध्यागमन कार्यालयमा लैजाने तयारी भएको छ ।
बुधबार सर्वोच्च अदाललते दिएको आदेशनुसार उनलाई थुनामुक्त गरेर अध्यागमन विभागलाई जिम्मा लगाउन लागिएको थियो । सरकारले शोभराजलाई नियन्त्रणकै अवस्थामा उनकै देशमा डिपोट गर्ने तयारी गरेको छ।
बिहीबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको थियो ।
शोभराज १९ वर्षदेखि नेपालको कारागारमा थिए । सन् १९७५ मा दुई विदेशी नागरिकको हत्या गरेको अभियोगमा उनलाई सन् २००३ मा पक्राउ गरिएको थियो । त्यसअघि शोभराजले भारतका जेलमा करिब २१ वर्ष बिताएका थिए ।
Facebook Comment
Comment