१९ वर्ष गोलघर बसेर निस्कन लागेका शोभराजलाई खिच्न पत्रकारको भीड

कैदीबन्दीले बिदाइ गर्दै

केन्द्रीय कारागार सुन्धारामा रहेका शोभराजलाई आजै छाड्ने तयारी भएपछि बिहान १० बजेदेखिनै पत्रकारहरू गेटमै कुरिरहेका छन्। शोभराजलाई सुन्धारा कारागारका कैदीबन्दीले बिदाइ गर्ने तयारी गरेका छन्। कारागारले उनलाई अध्यागमनमा बुझाउनेछ।

नेपालभ्युज

१९ वर्ष गोलघर बसेर निस्कन लागेका शोभराजलाई खिच्न पत्रकारको भीड

काठमाडौं। अमेरिकी महिलाको हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका चार्ल्स शोभराज छुट्न लाग्दा उनको फाेटो खिच्न सञ्चारकर्मीको भीड छ।

केन्द्रीय कारागार सुन्धारामा रहेका शोभराजलाई आजै छाड्ने तयारी भएपछि बिहान १० बजेदेखिनै पत्रकारहरू गेटमै कुरिरहेका छन्। जिल्ला अदालत भक्तपुर र काठमाडौँबाट छाड्न पत्र आइसकेको छ। कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले भने छाड्ने प्रक्रिया पुरा गर्न केही समय लाग्ने बताए।

छुट्न लागेका शोभराजलाई सुनधारा कारागारका कैदीबन्दीले बिदाइ गर्ने तयारी गरेका छन्। कारागारले शोभराजलाई अध्यागमनमा बुझाउनेछ। उनलाई १० दिनभित्र स्वदेश फिर्ता गर्न सर्वोच्चले आदेश दिएको छ।

चार्ल्स शोभराज आजै छुट्दै, कारागारले अध्यागमनको जिम्मा लगाइदिने

शोभराजलाई जिल्ला अदालत भक्तपुरले सर्वस्वसहित जन्म कैदको सजाय हुने ठहर गरेको थियो। जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरे पनि उच्च अदालत र सर्वोच्च अदालतले पनि अघिल्लो फैसला नै सदर गरेका थिए। फैसला अनुसार पूरै सजाय भुक्तान गर्नु परेको भए शोभराज आगामी असोज १ गते मात्रै कैदमुक्त हुने थिए।

तर शोभराज मुटुको रोगी रहेको र अप्रेसन गर्नु पर्ने भन्दै उनलाई ज्येष्ठ नागरिकलाई दिने कैद छुटको सुविधा दिन माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट परेको थियो। उनी ७८ वर्षका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved