नेप्सेमा सामान्य गिरावट, कारोबार रकममा भने वृद्धि

नेपालभ्युज

काठमाडौं। साताको अन्तिम कारोबार दिने बिहीबार नेप्से सामान्य घटेको छ । बिहीबार बजार परिसूचक नेप्से ०.०१ अंकले घटेर १८६७.२१ अंकमा बन्द भएको छ ।

बैंकिङ र अन्य उपसूचकमा वृद्धि भए पनि अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से बढ्न सकेन । अन्य उपसूचक २.०४ प्रतिशत र बैंकिङ उपसूचक ०.११ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक सर्वाधिक २.२८ प्रतिशत र व्यापार उपसूचक १.१२ प्रतिशतले गिरावट भएको छ ।

बजार परिसूचक नेप्से स्थिर भए पनि कारोबार रकम भने बढेको छ । बुधबार ९० करोड पनि नपुगेको कारोबार रकम बिहिबार भने अर्ब नाघेको छ । बिहीबार बजारमा ३१ लाख ११ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ११ करोड ९७ लाख ९८ हजारको कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved