माधव नेपाललाई भेट्न देउवा र प्रचण्ड पुगे अस्पतालमा

नेपालभ्युज

माधव नेपाललाई भेट्न देउवा र प्रचण्ड पुगे अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई स्वाथ्यलाभको कामना गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर नेता नेपालको स्वाथ्यस्थिति बुझेका हुन् ।

प्रधानमन्त्रीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि अस्पताल पुगेका थिए । अध्यक्ष नेपालको अहिले स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

अध्यक्ष नेपाललाई ज्वरोसहित रुघाखोकी र छाती दुख्ने समस्या देखिएपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved