गर्भावस्थामा के कपाल बाक्लो हुन्छ ?

गर्भवती अवस्थामा कपालको वृद्धिलाई अझै बलियो बनाउनका लागि हप्तामा दुई देखि तीन पटक तातो तेलले मसाज गर्न सक्नुहुन्छ ।

नेपालभ्युज

गर्भावस्थामा के कपाल बाक्लो हुन्छ ?

काठमाडौं । गर्भवती अवस्थामा महिलाहरुले कैयौं प्रकारको शारिरीक परिवर्तनहरु झेल्नुपर्ने हुन्छ । त्यसरी नै उनीहरुको कपालमा आउने परिवर्तन पनि सामान्य नै मानिन्छ ।

कैयौं महिलाहरुको मनमा यस्तो प्रश्न पनि उठेको छ कि के गर्भवती हुँदा महिलाको कपालको लम्बाई बढ्छ ? यसको जवाफ छ हो । कैयौं महिलाहरुले यो महसुस पनि गरेका छन् ।

खासगरी गर्भवती अवस्थामा शरीरका हर्मोनहरुमा रफ्तारमा परिवर्तन आउँछ, जसकारण कपाल लामो समय विश्रामको चरणमा रहन्छन् । त्यही कारणले गर्दा गर्भावस्थाको बेला कपाल पहिले भन्दा बाक्लो र लामो हुने गर्छ ।

कपालको एउटा प्राकृतिक वृद्धि विकासको चरण हुन्छ । कपाल २ देखि ३ महिना पलाउँछ र एउटा समयसम्म विश्राम गर्छ र झर्न शुरु गर्छ तर गर्भावस्थाको बेला यो चक्र बदलिन्छ । गर्भावस्थामा १५ हप्तादेखि कपाल बाक्लो हुन शुरु हुन्छ ।

वास्तवमा कपाल बाक्लो हुँदैन यसको झर्ने समय घटेर पलाईराख्ने समय बढ्छ जसले गर्दा कपाल बाक्लो देखिन्छ । यस्तो एस्ट्रोजेन हर्मोन बढ्नुका कारण हुने गर्दछ । तर यस्तो सबै गर्भवती महिलाहरुमा हुन्छ भन्ने हुँदैन । गर्भवती अवस्थामा कपालको वृद्धिलाई अझै बलियो बनाउनका लागि हप्तामा दुई देखि तीन पटक तातो तेलले मसाज  गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved