भेल्लुबाजेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै सीडीओलाई ज्ञापनपत्र

भेल्लुबाजे र उनका सहयोगीका गतिविधि क्षणिक मनोरञ्जन दिए पनि बालबालिकालाई समेत नराम्रो असर परेको भन्दै प्युठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई स्थानीयले ज्ञापन पत्र बुझाएका हुन्।

नेपालभ्युज

भेल्लुबाजेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै सीडीओलाई ज्ञापनपत्र

काठमाडौं। समाजमा अश्लीलता फैलाएको भन्दै भेल्लुबाजे भनेर चिनिने मीनबहादुर बुढाको गतिविधि नियन्त्रणको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई स्थानीयले ज्ञापनपत्र बुझाएका छन्।

भेल्लुबाजे र उनका सहयोगीका गतिविधि क्षणिक मनोरञ्जन दिए पनि बालबालिकालाई समेत नराम्रो असर परेको भन्दै प्युठानका प्रमुख जिल्ला अधिकारी सुनीता नेपाललाई स्थानीयले ज्ञापनपत्र बुझाएका हुन्।

झिमरुक-३ प्युठानका सुवास जिसीले भेल्लुबाजेका हर्कतले बालबालिकालाई समेत नराम्रो असर परेकाले उनलाई नियन्त्रणमा समेत लिनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाइएको छ।

कलाभन्दा चर्तिकलाको व्यापार: महोत्सवमा पनि भेल्लुबाजेहरूको जगजगी, राष्ट्रिय कलाकार ट्वाँ

ज्ञापनपत्रमा भनिएको छ– ‘‘भेल्लुबाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरूले मदिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न अश्लील हर्कतहरू गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लील, अपाच्य र अमर्यादित शब्दहरू प्रसारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरूमा समेत प्रभाव परेकाले यथाशीघ्र भेल्लुबाजे, उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरूलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ ।’’

मान्छेका दु:ख – युट्युब र टिकटक हेर्ने, पत्रकारलाई गाली गर्ने

यता प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पनि सामाजिक सञ्जालमा अश्लील, अपाच्य र अमर्यादित शब्दहरू प्रयोग नगर्ने समेत गराएकी छिन्।
मदिरा सेवन गराई केही व्यक्तिको अभिनयमार्फत समाजमा अश्लील, अपाच्य र अमर्यादित शब्दहरू प्रयोग गरी विभिन्न क्रियाकलाप गर्ने गराउने गरेको कारण समाजमा विकृति फैलिई नकारात्मक प्रभाव परेको तथा बालबालिकाहरूमा समेत असर गर्ने हुँदा त्यस्ता कार्यहरू नगर्न र नगराउन अनुरोध गर्दै त्यस्ता कार्य गर्नेलाई कानून अनुसार कारबाही गर्ने उनले चेतावनी दिएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved