एजेन्सी । यदि तपाई पनि ती व्यक्ति मध्ये पर्नुहुन्छ जो कम निद्रालाई सफलतासँग जोड्नुहुन्छ भने सतर्क हुनुहोस् । हुन सक्छ तपाई व्यवसायिक रुपमा आफ्ना साथीहरुभन्दा राम्रो हुनुहुनेछ तर कम निद्राले तपाईका भावी बच्चाको करिअर बिगार्न पनि सक्छ ।
किनकि तपाईको निद्राले नै बच्चाको तन्दुरुस्ती तय हुन्छ । यदी तपाई धेरै वा थोरै सुत्नुहुन्छ भने भावी पिढीको स्वास्थ्य खतरामा हुन्छ । धेरै वा थोरै निद्राले शुक्राणुलाई कमजोर बनाइदिन्छ । जसले गर्दा तपाईको बच्चा शारीरिक तथा मानसिक रुपमा कमजोर हुन सक्छ ।
चीनमा एउटा सोध गरियो जसमा वीर्यका दुई हजार भन्दा धेरै नमूना लिइयो । सोधमा सामेल पुरुषको वीर्यको अन्तर सफा थियो । जो पुरुष ९ घण्टा भन्दा धेरै सुत्दथे तथा जो पुरुष ६ घण्टा भन्दा कम सुत्ने गर्दथे उनीहरुको वीर्यमा पाइने शुक्राणु कम स्वस्थ थिए ।
यी पुरुषको शुक्राणुमा क्रोमेटिनको संरचना बदलिएको थियो । वीर्यको घनत्व पनि घटेको थियो । त्यही सात देखि आठ घण्टा निद्रा लिने पुरुषको शुक्राणु स्वस्थ थिए ।
यो अनुसन्धानले स्पष्ट पार्छ कि निद्राको वीर्य र शुक्राणुको गुणसँग गहिरो सम्बन्ध छ । जर्नल अफ स्लीप रिसर्चमा प्रकाशित यस सोधले निद्रा र वीर्यको सम्बन्ध स्पष्ट पारेको छ ।
सोधमा सामेल को–अथर डा.जिया काओले भनेका छन्, ‘वीर्यको आयतन र शुक्राणुको संख्या कम वा धेरै हुनु निद्रासँग सिधा सम्बन्ध छ । एक वयस्क पुरुषको लागि सात देखि आठ घण्टा निद्रा एकदमै सही हुन्छ ।’
तपाई पनि धेरै वा थोरै सुत्नुहुन्छ भने तुरुन्तै आफ्नो बानी बदल्नुहोस् किनकि तपाईको निद्राले तपाईको बच्चाको भविष्य तय गरिरहेको छ ।
Facebook Comment
Comment