३० दिन गुलियो नखानुहोस् र हेर्नुहोस् फरक

नेपालभ्युज

३० दिन गुलियो नखानुहोस् र हेर्नुहोस् फरक

एजेन्सी । गुलियो धेरैलाई मन पर्छ । कसैले मिठाई वा चकलेटको रुपमा गुलियो खान्छन् भने कसैले आइसक्रिम वा सेकको रुपमा गुलियो खाइरहेका हुन्छन् । यदी तपाईले ३० दिन गुलियो नखानुहोस् त के हुन्छ ?

हेरौं गुलियो छोड्दा कस्ता कस्ता फाइदा हुन्छन् – 

१. गुलियो छोड्नुको सबैभन्दा ठूलो फाइदा त यो छ कि यसले वजन कम गर्छ । साथै मुटु पनि स्वस्थ रहन मद्दत पुग्छ ।

२. गुलियोको मात्रा कम गर्दा तपाई मधुमेहबाट पनि बच्न सक्नुहुन्छ । यदी तपाईलाई कुनैबेला गुलियो खान एकदमै मन लाग्यो भने चिनी नराखेको खुवा खाएर मन शान्त गर्न सक्नुहुन्छ ।

३. यदी तपाईलाई जोर्नीहरुमा दुःखाई छ भने चिनी छोडेर हेर्नुहोस् । पक्कै फरक महसुस गर्नुहुनेछ ।

४. चिनी वा गुलियो छोड्दा शरीरको इम्यूनिटी पनि बढ्दछ । साथै यो पनि मानिन्छ कि यसले दिमाग स्वस्थ रहन्छ र स्मरण शक्ति पनि बढ्छ ।

५. गुलियो खान छोड्दा आन्द्राहरुले पनि राम्रोसँग काम गर्न थाल्छन् । खानामा मिठाई हटाउनासाथ पाचनक्रिया पनि राम्रो हुन्छ र आन्द्रा तथा पेटलाई पनि नोक्सान पुग्दैन । साथै दाँत र गिजाहरु पनि स्वस्थ रहन्छन् ।

६. गुलियो धेरै खाँदा निद्रा पनि राम्रोसँग लाग्दैन । तपाईले आफै पनि अनुभव गर्नुभएको होला जुन दिन तपाई धेरै गुलियो खानुहुन्छ तपाईलाई सुत्न समस्या हुन्छ ।

७. गुलियो छोड्नुको असर तपाईको मुहारमा पनि स्पष्ट देख्न सकिन्छ । छाला सफा र सुन्दर मात्र देखिने छैन बरु खुलेका पोर्सहरु पनि बन्द हुनेछन् । साथै मुहारमा देखिने फाइन लाइन अथवा धर्साहरु पनि गुलियो छोडेपछि हराउँदै जानेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved