राष्ट्रिय भूमि आयोगले आजबाट पुनः लगत संकलन गर्ने

राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनसम्बन्धी काम पुनः थाल्ने भएको छ। सोमबारबाट निर्वाचन आचारसंहिता हटेसँगै आज (मंगलबार)बाट भूमि आयोगले लगत संकलन लगायत काम सुरु गर्न लागेको हो।

नेपालभ्युज

राष्ट्रिय भूमि आयोगले आजबाट पुनः लगत संकलन गर्ने

काठमाडौं। राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनसम्बन्धी काम पुनः थाल्ने भएको छ।

सोमबारबाट निर्वाचन आचारसंहिता हटेसँगै आज (मंगलबार)बाट भूमि आयोगले लगत संकलन लगायत काम सुरु गर्न लागेको हो।

आयोगले सोमबार सूचना जारी गर्दै मंगलबारदेखि अतिरिक्त लगत संकलन, जग्गा नाप जाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्य बाँकी अवधि म्याद रहने गरी पुनः सुचारु गरिने जानकारी दिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागु गरेको थियो। आयोगले आचारसंहिता निष्क्रिय भएको निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved