सातामा १२ सयले बढ्दा सुन तोलामै १ लाख नाघ्यो

नेपालभ्युज

सातामा १२ सयले बढ्दा सुन तोलामै १ लाख नाघ्यो

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा १२ सय रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख ३०० रुपैयाँ पुगेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म प्रतितोला १२ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ छ ।

यसैगरी, यो साता चाँदीको मूल्य समेत प्रतितोला ४५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य यो शुक्रबारसम्मा १३ सय ९० रुपैयाँ पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved