रञ्जिता भन्छिन्- कैदी नेताहरूको रिहाइ नभए सरकारमा सहभागी हुँदैनौँ

‘हाम्रा नेताहरूलाई बिनाकसूर राज्य पक्षले थुनुवा बनाएको छ । हाम्रो शर्त यही रहनेछ कि— उनीहरूको रिहाइ जरुरी रहनेछ ।’

नेपालभ्युज

रञ्जिता भन्छिन्- कैदी नेताहरूको रिहाइ नभए सरकारमा सहभागी हुँदैनौँ

काठमाडौं । रेशम चौधरीपत्नी रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नेपाल उन्मुक्ति पार्टी (नेउपा) ले आफूहरूको माग सम्बोधन भएमात्रै सरकारमा सामेल हुने अडान राखेको छ । शुक्रबार साँझ बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको अध्यक्ष रञ्जिताले नेपालभ्यूजलाई जानकारी दिइन् । ‘माग नै सम्बोधन नभए त सरकारमा सामेल हुनुको अर्थै देखिँदैन नि,’ उनले भनिन् ।

नाउपाले सुरूदेखि नै जेलमा रहेका रेशम चौधरीलगायतका बन्दीहरू बिनाशर्त छुट्नुपर्ने दोहोर्‍याउँदै आएको छ । ‘बिनाकसूर राज्य पक्षले थुनुवा बनाएको छ,’ उनले भनिन्, ‘हाम्रो शर्त यही रहनेछ कि— उनीहरूको रिहाइ जरुरी रहनेछ ।’

रेशमसहितका नेताहरूलाई कारागारमुक्त बनाइए मात्रै आफूहरू समृद्ध नेपाल निर्माणको अभियानमा सरिक हुने नाउपाको अडान छ ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ तीन सिट जितेको नाउपालाई ठूला दलहरूले सरकारमा सहभागी हुनका लागि प्रस्ताव गरिरहेका छन् । तपाईंहरूलाई कसैले सरकारमा सहभागी हुनका लागि प्रस्ताव ल्याएका छन् र ? भन्ने जिज्ञासामा पार्टीका महासचि रतन थापाले भने, ‘दुईतिरबाट आइरहेको छ । हामीले जवाफ दिइसकेका छैनौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved