लिग २ क्रिकेट: स्कटल्याण्डसँग नेपालको लज्जास्पद हार

ब्याटिङ र बलिङ दुवैमा कमजोर देखिएको नेपालले जम्मा १२० रनको लक्ष्य दिएको थियो । स्कटल्याण्डले मात्र १७ ओभरमा २ विकेट गुमाएर त्यसलाई पार गर्‍यो ।

नेपालभ्युज

लिग २ क्रिकेट: स्कटल्याण्डसँग नेपालको लज्जास्पद हार

काठमाडौं। विश्वकप लिग २ क्रिकेटमा नेपाल स्कटल्याण्डसँग फराकिलो अन्तरले पराजित भएको  छ। नामिबियाको यूनाईटेड क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको हो।

ब्याटिङ र बलिङ दुवैमा कमजोर देखिएको नेपालले जम्मा १२० रनको लक्ष्य दिएको थियो ।

स्कटल्याण्डले मात्र १७ ओभरमा २ विकेट गुमाएर त्यसलाई पार गर्‍यो । स्कटिस टोलीका लागि क्रिस्टोफर म्याकब्राइडले ४६ र जर्ज मुन्सेले ४५ रन बनाए।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली टोली १५ ओभर अगाडी नै ११९ रनमा अलआउट भएको थियो । कप्तान रोहित पौडेलवाहेक कुनै पनि खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पौडेल ४७ रन बनाएर आउट भए ।

विश्वकपको दौडबाट यसअघि नै बाहिरिसकेको नेपालले एकदिवसीय मान्यता समेत गुमाउने सम्भावना बढेको छ। लिग २ मा नेपालले पछिल्ला पाँच खेलमा एक पनि जित निकाल्न सकेको छैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved