युक्रेनमाथि रुसको अर्को आक्रमण, ४ जनाको ज्यान गयो

नेपालभ्युज

युक्रेनमाथि रुसको अर्को आक्रमण, ४ जनाको ज्यान गयो

कीभ। रुसले युक्रेनमा अर्को आक्रमण गरेको छ । मंगलबार भएको रुसी क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा ४ जनाको ज्यान गएको छ भने ऊर्जा तथा अन्य भौतिक संरचनामा पनि क्षति पुगेको युक्रेनले जनाएको छ ।

रुसले आठ हप्तामा आठौँ पटक युक्रेनलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको बीबीसीले जनाएको छ । क्षेप्यास्त्र प्रहार र क्षतिबारे रुस–युक्रेनका आ–आफ्नै दाबी छन् ।

युक्रेनले रुसले प्रहार गरेका ७० मध्ये ६० वटा क्षेप्यास्त्र खसालेको दाबी समेत गरेको छ । रुसले आफ्ना सबै १७ वटा प्रहारले ‘निशाना’ भेटेको जनाएको छ । रुसले निरन्तर गरेको क्षेप्यास्त्र आक्रमणबाट युक्रेनको ऊर्जा ग्रिडमा ठूलो असर पारेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved