काठमाडौं । दार्चुलाको खलंगा र आसपासमा महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले बनाइरहेको पक्की संरचनाको निर्माण तत्कालका लागि रोकिने भएको छ ।
सोमबार भारत पिथौरागढ प्रशासनका एडिएम सहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित ‘संयन्त्र’ बनाएर मात्रै काम अघि बढाउने सहमति भएको हो ।
दार्चुलाका डीएसपी तर्कराज पाण्डेका अनुसार प्राविधिक, स्थानीय राजनीतिक दलका प्रतिनिधि र प्रशासनका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर निर्माण अघि बढाउने सहमति भएको हो ।
उनले भने, ‘महाकालीको बहाव परिवर्तन गर्नुपर्ने ठाउँमा निर्माणकार्य रोक्ने सहमति भएको छ । ’
आइतबार भारतीय पक्षले नदीको बहाव नेपालतर्फ सारेर तटबन्ध बनाउन थालेको विरोधमा दार्चुलाका स्थानीयले गरेको विरोधमा ढुंगा हानाहान हुँदा ४ जना बालक घाइते भएका थिए ।
Facebook Comment
Comment