माधव नेपाल भेट्न कोटेश्वर पुगे घनश्याम भुसाल

नेपालभ्युज

माधव नेपाल भेट्न कोटेश्वर पुगे घनश्याम भुसाल

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र घनश्याम भूसालबीच भेटवार्ता भएको छ । आइतबार नेपाललाई भेट्न  भुसाल नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

एकीकृत समाजवादीका प्रचार विभाग सदस्य विश्वमणि सुवेदीले भुसाल र नेपालबीच भएको भेटवार्ताको तस्वीर  सामाजिक सञ्जालमा अपलोड गर्दे ‘आनन्ददायक चित्र’ भएको बताएका छन् ।

प्रदेश तथा प्रतिनिधिसभा  निर्वाचनको केही समयअघि नेकपा  एमाले परित्याग गरेका भुसाल रुपन्देही–१ बाट पराजित भए। सत्ता गठबन्धनको साथ पाएका उनलाई एमाले सचिव छबिलाल विश्वकर्माले पराजित गरे।

भुसालले आफ्ना पुराना नेतालाई भेटेको विषयलाई राजनैतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यो भेटघाटलाई कतिपयले भूसाल एकीकृत समाजवादीमा आवद्ध हुने आशंका गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved