अमेरिकन चेम्बर अफ कमर्श नेपालको अध्यक्षमा पुनः शाह चयन

नेपालभ्युज

अमेरिकन चेम्बर अफ कमर्श नेपालको अध्यक्षमा पुनः शाह चयन

काठमाडौं। अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एचाम) को अध्यक्षमा पुनः अजित शाह चयन भएका छन् । संस्थाको पहिलो वार्षिक साधारण सभाले अध्यक्षसहित वर्तमान कार्यसमिति पदाधिकारी र सदस्यहरूलाई अर्को कार्यकालका लागि पुनः अनुमोदन गरेको हो ।

समितिमा चेम्बरका अध्यक्ष अजित शाह रहेका छन् भने उपाध्यक्षमा निर्मलकाजी श्रेष्ठ, कोषाध्यक्ष कैलाश विजयानन्द र सदस्यहरूमा अतुल्य रिसाल, असिममान सिंह बस्न्यात, आकाश गोल्छा, जयदिन श्रेष्ठ र सेमन्त दाहाल रहेका छन् ।

सभालाई सम्बोधन गर्दै एचाम नेपालका अध्यक्ष शाहले अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको विकास सदस्य कम्पनीको मजबुत सहकार्य, क्षेत्रीय सञ्जाल, युएस चेम्बर अफ कमर्स र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यबाट सम्भव भएको बताए ।

उनले थपे, ‘हामीले आर्थिक समिति, नीति तथा वकालत समिति र सञ्जाल समितिमा वर्षभरि राम्रो प्रगति गरेको हाम्रा सदस्यहरूबीच गरिएको सर्वेक्षणबाट प्राप्त तथ्यांकले देखाएको छ ।’

एचाम अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरुको साझा सञ्जाल हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved