काठमाडौं। विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन्।
आज पहिलो खेल नेदरल्यान्ड्स र अमेरिकाबीच हुनेछ। नेपाली समय अनुसार ८ः४५ मा सुरु हुने खेलमा जित निकाल्दै नेदरल्यान्ड्स विश्वकको क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ।
नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ पुगेको थियो भने अमेरिका समूह ‘बी’ को उप-विजेता बन्दै नकआउट चरणमा पुगेको थियो। अमेरिका पनि आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा आफूलाई स्थापित गर्ने योजनामा छ।
आज हुने अर्काे खेलमा अर्जेन्टिनाले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ।
आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको अर्जेन्टिना क्वाटरफाइनलमा पुग्ने योजनामा छ। अष्ट्रेलिया पनि विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा पुग्ने योजनामा छ ।
Facebook Comment
Comment