नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्छः गृहमन्त्री खाण

नेपालभ्युज

नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्छः गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने बताएका छन् । बिहीवार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने बताएका हुन् ।

उनले अब बन्ने राज्य प्रणालीले शान्ति, सुशासन र स्थिरताका लागि सामुहिक प्रयत्न गर्ने पनि बताए । उनले शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनाताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव रहेको बताए । गृहमन्त्री खाँणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्न खटिएका कर्मचारी, मतदाता र सुरक्षाकर्मीहरुलाई सरकारको तर्फबाट धन्यवाद ज्ञापनसमेत गरे ।

उनले निर्वाचन एकै चरणमा सम्पन्न गरेर सरकारले आफ्नो राष्ट्रिय दायित्व पूरा गरेको भन्दै निर्वाचनका क्रममा भएको राम्रा पक्षलाई आगामी दिनमा अवलम्वन गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘मंसिर ४ गते एकै दिनमा एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भयो । निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न भयो । यो निर्वाचन सम्पन्न गर्ने क्रममा निर्वाचन आयोग र मतदानमा खटिनुभएका मान्य न्यायाधिशज्युहरु, राष्ट्रसेवक कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बलका अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका राष्ट्र सेवक कर्मचारीहरु, नेपाली मतदाताहरुको अपूर्व योगदानका कारण नै मतदान सम्पन्न भएको छ ।’

‘यो निर्वाचनले संविधानलाई बल पुर्‍याएको छ । यो राष्ट्रिय दायित्व सरकारले पूरा गरेको छ । यस क्रममा सुरक्षा निकायका केही अधिकृत जवानहरु पनि दिवंगत हुनुभएको छ । नागरिकको पनि बलिदान भएको छ । उहाँहरुको परिवारका लागि भरणपोषणका लागि सरकारले राहत पनि उपलब्ध गराउने छ । निर्वाचनका क्रममा भएको राम्रा पक्षलाई आगामी दिनमा अवलम्वन गरिनेछ र कर्मी कजोरीलाई सुधार्दै जानेछ । सिमित श्रोत र साधनका बाबजुद पनि निर्वाचन सम्पन्न गर्ने काममा उहाँहरु अहोरात्र खटिनुभएको छ । निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने क्रममा अघि बढ्नेछ, उनले भने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved