विश्वकप फुटबल : घानाले दक्षिण कोरियालाई हरायो

नेपालभ्युज

विश्वकप फुटबल : घानाले दक्षिण कोरियालाई हरायो

काठमाडौं। विश्वकप फुटबलमा घानाले दक्षिण कोरियालाई हराएको  छ।

एड्युकेशन सिटी रंगशालामा सोमबारको दोस्रो खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलअन्तरले पराजित गरेको हो। घानाका लागि मोहम्मद सालिसु र मोहम्मद कुडुसले गोल गरे। कोरियाका लागि जो ग्यु-सङ्गले गोल फर्काए।

खेलको २४ औँ मिनेटमा सलिसुले गोल गर्दै घानालाई अग्रता दिलाए। ३४ औँ मिनेटमा कुडुसले दोस्रो गोल गरे। खेलको ५८ औँ र ६१ औँ मिनेटमा गोल गर्दै ग्यु-सङ्गले खेललाई बराबरीमा पुर्‍याए।

कुडुसले ६८ औँ मिनेटमा घानाको लागि तेस्रो गोल गरे। जितसँगै ३ अंक जोडेको घाना समूह ‘एच’ को दोस्रो स्थानमा उक्लिएको छ ।

दक्षिण कोरिया १ अंकका साथ समूहको पुछारमा  छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved