विनोद चौधरीद्धारा विपन्न ५ सय परिवारलाई न्यानो कपडा वितरण

नेपालभ्युज

विनोद चौधरीद्धारा विपन्न ५ सय परिवारलाई न्यानो कपडा वितरण

बर्दघाट। हालै सम्पन्न निर्वाचनमार्फत नवलपरासी बसुप १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई कम्मल वितरण गरेका छन्। निर्वाचनमा विजय भएलगत्तै जनताका समस्या समाधानमा क्रियाशील रहेका चौधरीले आउँदो जाडोलाई मध्यनजर गरी मुसहर बस्तीका विपन्न ५ सय परिवारलाई न्यानो कपडा वितरण गरेका हुन्।

नवलपरासीको काठवा, प्रतापपुर, रतनगन्ज, सक्करदिनै, नर्सही, जगनाथपुरा, कुडिया, महलबारी, तेलाहा , धर्मौलीलगायतका स्थानका अती विपन्न मुसहर समुदायमा न्यानो कपडा कम्बल वितरण गरेका हुन्।

कम्मल पाएपछि बर्दघाट नगरपालिका १५ तेलाहका सरोज कुसहरले प्रसन्नता प्रकट गरे। उनी भन्छन्, ‘चुनाव जित्नेवित्तिकै जनताको समस्यामा सहयोगी बन्न आएकोमा सांसद चौधरीलाई कृतज्ञता दिए। सुस्ता २ गुदरियाका सुरेन्द्र मुसहरले विनोद चौधरीलाई जनताको नेता भन्दै जाडो छल्न सघाएकोमा धन्यवाद दिए । ‘हामीले गाँस काटेर जाडोको कपडा किन्न सक्दैनथ्यो। हरेक वर्ष न्यानो कपडाको कमीले धरैले ज्यान गुमाउने र बिमारी हुने समस्या थियो’, उनले भने, ‘यो वर्षको जाडोमा भने हाम्रो लागी न्यानो लिएर भगवाननै चौधरीको रूपमा आएको भान भएको छ।’

प्रतिनिधिसभाका सांसद विनोद चौधरी नवलपरासी १ मा विजयी भएका थिए। जाडो मौसममा न्यानो बाट वञ्चित हुनपुगेका आफ्नो निर्वाचन क्षेत्रका मुसहर समुदायलाई न्यानो कपडा उपलब्ध गराएका हुन्। यसबाट चुनावमा उम्मेदवारले जितेपछि गाउँ नफकर्ने परम्परा चौधरीले तोडेकोमा स्थानीय हर्षित देखिए।

सुस्ता महलबारीका एक स्थानीयले विनोद चौधरीले न्यानो कपडा मात्र नभई न्यानो सन्देश पनि पनि प्रदान गरेको बताए। विगतका समयमा चुनाव जितेका उम्मेदवारहरू गाउँ नआउने परिपाटीमा पनि विनोद चौधरीले परिवर्तन ल्याएको सन्देश दिएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved