निर्वाचित भएपछि शशांकले भने- प्रधानमन्त्रीमा मेरो पनि दाबी छ

नेपालभ्युज

निर्वाचित भएपछि शशांकले भने- प्रधानमन्त्रीमा मेरो पनि दाबी छ
फाइल तस्वीर

नवलपरासी। नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट निर्वाचित भएलगत्तै कांग्रेस नेता शशांक कोइरालाले प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन् । लगातार यहीँबाट ४औं पटक निर्वाचित भएका उनले पार्टीको संसदीय दलको निर्वाचनमा उम्मेदवारी दिने बताएका हुन् ।

निर्वाचित भएपछि पत्रकारहरूसँग उनले भने, ‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवा पनि लड्नुहोला, गगनजीको पनि दाबी छ । मेरो पनि दाबी रहन्छ । अब मिलिजुली सरकार निर्माण हुने भएकाले त्यसको स्थायित्वका लागि ध्यान दिनुपर्ने अवस्था छ ।’

उनले युवाहरूलाई अघि बढाउनुको विकल्प नरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved