विश्वकप फुटबल : कोस्टारिकाको पोष्टमा स्पेनको गोल वर्षा

नेपालभ्युज

विश्वकप फुटबल :  कोस्टारिकाको पोष्टमा स्पेनको गोल वर्षा

काठमाडौं। विश्वकप फुटबलमा स्पेनले शानदार सुरुवात गरेको छ । कतारको अलथुमामा रंगशालामा बुधबार राति स्पेनले कोस्टारिकालाई ७–० को फराकिलो अन्तरले हरायो ।

स्पेनका लागि फेरान टोरेसले दुई तथा डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाले एक एक गोल गरे ।

११ औँ मिनेटमा ओल्मोले स्पेनलाई अग्रता दिलाएका थिए । सो गोलसँगै विश्वकपमा स्पेनको सयौँ गोल पुरा भयो। विश्वकपमा १०० गोलको आँकडा पुरा गर्ने स्पेन छैंटौँ राष्ट्र बनेको छ।

२१ औं मिनेटमा एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता २-० को बन्यो । ३१ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरे । ५४ औं मिनेटमा टोरेसले नै व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४-० को अग्रता दिलाए ।

७५ औं मिनेटमा गाभीले गोल गर्दै स्पेनलाई ५-० को अग्रता दिलाए । गाभी विश्वकपमा स्पेनका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने । १८ वर्ष ११० दिनका गाभी पेले र मानुएल रोससपछि विश्वकपमा गोल गर्ने तेस्रो कान्छा खेलाडी बनेका छन् ।

९० औं मिनेटमा सोलेर तथा इन्जुरी समयमा मोरटाले गोल गर्दै स्पेनलाई ७-० को अन्तरमा जित दिलाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved