ताप्लेजुङबाट योगेशको रोमाञ्चक जित, माओवादी उम्मेदवार २०८ मतले हारे

मतगणनाको सुरुवातदेखि नै पछि रहेका भट्टराईले अन्तिममा आएर झिनो मतान्तरको जित निकालेका हुन् ।  

नेपालभ्युज

ताप्लेजुङबाट योगेशको रोमाञ्चक जित, माओवादी उम्मेदवार २०८ मतले हारे

काठमाडौं । ताप्लेजुङमा नेकपा एमालेका योगेश भट्टराई विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवारलाई २०८ मतान्तरले हराउँदै भट्टराईले संसदको यात्रा पक्का गरेका हुन् ।

भट्टराईले २१ हजार ९ सय ४३ मत पाएको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिद्वन्दी माओवादीका खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७३५ मत पाए ।

मतगणनाको सुरुवातदेखि नै पछि रहेका भट्टराईले अन्तिममा आएर झिनो मतान्तरको जित निकालेका हुन् । भट्टराई यसअघिको चुनावमा पनि ताप्लेजुङबाट निर्वाचित भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved