रवि लामिछानेले भने- नागरिकता विवाद झिकेर चक्रब्यूहमा फसाउन खोजियो

नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता विवाद झिकेर चक्रब्यूहमा फसाउन खोजेको जिकिर गरेका छन्। चितवनको नारायणी किनारमा बिहीबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै लामिछानेले चक्रब्यूहबाट आफूलाई उम्काउन घण्टीमा भोट हाल्न अनुरोध गरे।

नेपालभ्युज

रवि लामिछानेले भने- नागरिकता विवाद झिकेर चक्रब्यूहमा फसाउन खोजियो

काठमाडौं। नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता विवाद झिकेर चक्रब्यूहमा फसाउन खोजेको जिकिर गरेका छन्। चितवनको नारायणी किनारमा बिहीबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै लामिछानेले चक्रब्यूहबाट आफूलाई उम्काउन घण्टीमा भोट हाल्न अनुरोध गरे।

उनले भने, ‘‘म सधैँ चक्रब्यूहमा रहने गरेको छु । सञ्चारकर्ममा रहँदा पनि मलाई सधैँ घेराबन्दीमा पारिन्थ्यो। म अहिले पनि यस्तो चक्रब्यूहमा छु, त्यो चक्रब्यूहबाट तपाईँहरूले घण्टी चिह्नमा मतदान गरेर मात्रै सम्भव हुनेछ ।’’

लामिछानेले नागरिकता विवादतर्फ इङ्गित गर्दै पटक पटक प्रश्न उठाएर शंकाको घेरामा राखिएको आरोप लगाए। आफूलाई कुनै दिन जीवित रहेको प्रमाण पनि पेस गर्न लगाउन सक्ने बताए।

उनले भने, ‘‘मलाई जिउँदो छस् भनेर प्रमाणित गर् भनिने छ र म त्यसको प्रमाण जुटाउन कुनै वडामा सिफारिस प्राप्त गर्नका लागि दस्तुर बुझाएको हुनेछु।’’

 

रवि लामिछानेले किन सार्वजनिक गर्न सकेनन् आफ्नो नागरिकता ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved