नेपाल र यूएईको दोस्रो एकदिवसीय क्रिकेट आज, नेपाल जित्नैपर्ने दबाबमा

नेपालभ्युज

नेपाल र यूएईको दोस्रो एकदिवसीय क्रिकेट आज, नेपाल जित्नैपर्ने दबाबमा

काठमाडौं । नेपाल र यूएईबीचको दोस्रो एकदिवसीय क्रिकेट आज बुधबार हुँदैछ । खेल विहान ९ कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो ।

नेपाललाई शृङ्खला जोगाउन आजको खेल जित्नैपर्ने हुन्छ । युएई दोस्रो खेल जित निकाल्दै एक खेल अगाबै शृङ्खला जित्ने लक्ष्यमा छ । आजको खेल जितेमा युएईले शृङ्खला आफ्नो बनाउनेछ । तर, नेपाल दोस्रो खेलमा जित निकाल्दै सिरिज १-१ को स्थितिमा ल्याउन चाहन्छ । युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved