आमाछोरीको हत्यामा संलग्न युवक पक्राउ

आमाछोरीको हत्यामा संलग्न युवक पक्राउ
सांकेतिक तस्वीर

नुवाकोट। दुप्चेश्वर गाउँपालिका-५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

उनलाई आज बिहान काठामाडौंतर्फ जान लागेको समयमा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको प्रहरीले जनाएको छ।

२० वर्षीया सम्झना पाण्डे खतिवडा र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले जनाएको छ। उनीहरूको घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्‍याएर हत्या गरेको अवस्थामा घरमा शव फेला परेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved