एकदिवसीय क्रिकेट : युएईसँग नेपाल ८४ रनले पराजित

दीपेन्द्र सिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रन बनाए पनि जितका लागि पर्याप्त भएन । अर्जुनले डेब्यु खेलमै अर्धसतक प्रहार गरेका हुन् । दीपेन्द्र र अर्जुनले ६८ रनको साझेदारी गरेपछि हार अन्तर कम भएको थियो ।

नेपालभ्युज

एकदिवसीय क्रिकेट : युएईसँग नेपाल ८४ रनले पराजित

काठमाडौं। युएईविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल फराकिलो पराजित भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार युएईले नेपाललाई ८४ रनले पराजित गरेको हो।
२६४ रनको लक्ष्य पछयाएको नेपालले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १७९ रन मात्रै बनाउन सक्यो ।

दीपेन्द्र सिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रन बनाए पनि जितका लागि पर्याप्त भएन । अर्जुनले डेब्यु खेलमै अर्धसतक प्रहार गरेका हुन् । दीपेन्द्र र अर्जुनले ६८ रनको साझेदारी गरेपछि हार अन्तर कम भएको थियो । हरिशंकर साहको डेब्यु भने प्रभावकारी हुन सकेन। उनी ८ रनमा आउट भए ।

नेपालको ब्याटिङ अर्डरमा ब्यापक परिवर्तन गरिएको खेलमा अर्जुन साउद र असिफ सेखले ओपनिङ गरेका थिए । यसअघिका ओपनर कुशल भूर्तेललाई सातौं क्रममा ल्याइएको छ । असिफले १२ र भूर्तेलले ६ रन मात्रै बनाउन सके । गुल्सन झा र ललित राजवंशीले अन्तिमसम्म टिकेर टिमलाई अलआउट हुन बाट बचाए । गुल्सनले १९ र ललितले ६ रन बनाए ।

यूएईका लागि आयान अफजल खानले ४ विकेट लिए । पहिले ब्याटिङ गरेको युएईले पुरै ओभर खेल्दै ७ विकेट गुमाएर २६३ रन बनाएको थियो । रोहन मुस्तफाले ५३ र मोहम्मद वसीमले ४४ रन बनाए। यस्तै वृत्य अरविन्दले ४० र अलिशान शराफुले २९ रनको योगदान गरे।

नेपालका लागि गुल्सन झाले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । ३ खेलको एकदिवसीय सिरिजमा नेपाल १-० ले पछि परेको छ । दोस्रो खेल पर्सी बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved