मर्जरमा जाने कम्पनीको सेयर कारोबार १५ दिन मात्र रोकिने

नेपालभ्युज

मर्जरमा जाने कम्पनीको सेयर कारोबार १५ दिन मात्र रोकिने

काठमाडौं। मर्जरमा जाने सूचीकृत संस्थाहरूको सेयर कारोबार अब १५ दिन मात्र रोक्का हुने भएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबारदेखि लागू गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७९’ मा उक्त व्यवस्था उल्लेख छ ।

निर्देशिकामा गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुन: दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरणलगायत कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था गरिएको छ । ‘संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा अर्को संस्थालाई प्राप्ति गर्ने संस्थाको भने सेयर कारोबार रोक्का राख्नुपर्ने छैन,’ निर्देशिकामा भनिएको छ ।

यो व्यवस्थासँगै अब दोस्रो बजारमा सूचीकृत सबै संस्थाहरूका लागि एकीकृत नीति बनेको हो । यसअघि, बैंक तथा वित्तीय संस्थाका लागि मात्र सेयर कारोबार रोक्का गर्ने नीतिगत व्यवस्था भएकोमा निर्देशिका लागू भएपछि मर्जरका नाममा लामो समयसम्म सेयर कारोबार रोक्का गर्न नपर्ने भएकाले लगानीकर्ता सेयर किनबेचबाट वञ्चित हुनुपर्ने बाध्यता हटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved