बागलुङ। बागलुङमा निर्वाचन बहिष्कार गरेको पोष्टर टाँस्दै हिँडेका नेकपा बहुमतका तीनजना नेता पक्राउ परेका छन् ।
धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका नेता गलकोट नगरपालिका–१ का ४५ वर्षीय दलखत्री थापा, ३५ वर्षीय हरि नेपाली र ४५ वर्षीय कृष्ण बहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो । उनीहरू नेकपा बहुमतमा आबद्ध रहेको तर पद नखुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिँडेका बागलुङ नगरपालिका–२ ट्राफिक चोकबाट मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रनाउ थापाले बताए ।
उनले उनीहरुको साथबाट संघीय निर्वाचन बहिष्कार गरौं देखिएका पोष्टर र पर्चा बरामत गरिएको बताए ।
Facebook Comment
Comment