अमेरिका। नेपाली मूलकी सराहना श्रेष्ठ न्युयोर्क राज्यको विधानसभा सदस्यमा निर्वाचित भएकी छन् । डेमोक्रयाटबाट उम्मेदवार उनको विजयसँगै अर्को इतिहास कायम भएको छ । उनी अमेरिकामा राज्यस्तरीय विधान सभा सदस्य अर्थात् सांसदमा विजयी हुने दोस्रो नेपाली मुलकी अमेरिकी भएकी छन् । तर महिलाहरुको तर्फबाट भने उनी पहिलो बनेकी छन् ।
उनले सम्पन्न मतपरिणाममा उनले ३५ हजार ४९३ मत पाइन् । नोभेम्बर ८ का दिन भएको विधान सभा सदस्यको दौडमा उनले रिपब्लिकनका प्याट्रिक शेहनलाई गराएकी हुन् ।
उनको क्षेत्र १०३औँ हो भने उनले विधानसभा डेमोक्र्याटिक प्राथमिक निर्वाचनमा १३ कार्यकालसम्म विजयी भएकी केभिन काहिललाई पराजित गरेकी थिइन्
श्रेष्ठ पहिलो पुस्ताकी नेपाली–अमेरिकी हुन् । न्युयोर्ककी युवा अमेरिकी सांसद अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले श्रेष्ठलाई समर्थन गरेकी थिइन् ।
यस्तै, मेरिल्यान्ड राज्य विधानसभामा डा. ह्यारी भण्डारी विजयी भएका छन् ।
Facebook Comment
Comment