प्रधानमन्त्री कप : कर्णालीलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा

नेपालभ्युज

प्रधानमन्त्री कप : कर्णालीलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लब सेमिफाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १४० रनले पराजित गरेको हो ।

२ अंक जोडी आर्मी समूह ‘ए’ को उपविजेता बनेको छ । पुछारमा रहेको कर्णाली लगातार ४ पराजयसँगै प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीको यात्रा पनि समाप्त भएको छ ।  एपीएफ भने समूह विजेता बन्दै  यसअघि, नै सेमिफाइनल पुगिसकेको छ ।

२५५ रनको लक्ष्य पछ्याएको कर्णाली २८ ओभर ३ बलमा ११४ रनमा अलआउट भयो । कर्णालीको लागि बिपिन रावलले ४८ र अर्जुन घर्तीले १७ रन बनाए । आर्मीका लागि रोहित पौडेलले ३ तथा हरि चौहान र शाहब आलमले २–२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २५४ रन बनायो । कुशल मल्ल र रोहित पौडेलले ३५–३५ रन बनाए । हरि चौहानले ३१ रन बनाए । कर्णालीका लागि प्रकाश जैसीले ३ र दीपेन्द्र रावतले २ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved