५० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै प्रभु

नेपालभ्युज

५० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै प्रभु

काठमाडौं। प्रभु बैंकका संस्थापक सेयरधनीले ५० लाख १६ हजार १९९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका आठजना संस्थापक सेयरधनीले सेयर बिक्री गर्न लागेका हुन् ।

यसमा २२ कात्तिकदेखि ३५ दिनभित्र आवेदन दिन सकिने बैंकले जानकारी गराएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कबोल गरी आवेदन पेस गर्नुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुकले २२ कात्तिकबाट प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved