मेटाले फिर्ता गर्यो एमआरआरको फेसबुक पेज

नेपालभ्युज

मेटाले फिर्ता गर्यो एमआरआरको फेसबुक पेज

काठमाडौं। मेन्स रुम रिलोडेड (एमआरआर) को फेसबुक पेज फिर्ता भएको छ । कम्पनीको कम्युनिटी गाइडलाइन्स उल्लङ्घन भएको भन्दै मेटाले हटाएको चर्चित ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) फिर्ता भएको हो ।

नेपाली युवा पुस्तामाझ लोकप्रिय फेसबुक ग्रुप ‘एमआरआर’ मेटाले गत कात्तिक १३ गते हटाएको थियो । ग्रुप अन्य धेरै सुधार सहित फिर्ता भएको एमआरआरले आफ्नो पेज मार्फत जानकारी दिएको हो ।

मेटाले ‘कम्युनिटी गाइडलाइन्स’ अत्यधिक उलङ्घन हुनुका साथै त्यसले निर्वाचनलाई प्रभाव पार्नसक्ने भन्दै फेसबुक पोस्ट र कमेन्टहरूमा निगरानी बढाएको छ । यसैबिच एमआरआर ग्रुपलाई मेटाले हटाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved